घरायसी तथा मृत्युपछिको शेयर नामसारी सेवा माघ १९ गतेसम्म बन्द

काठमाडौं, ११ माघ । सीडीएससी एण्ड क्लियरिङ (सीडीएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ ।

कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएकाले चेन ब्रेकका लागि कार्यालयले प्रदान गर्दै आएको यो सेवा बन्द गर्नुपरेको सीडीएससीद्वारा जारी सूचनामा उल्लेख छ।

कम्पनीले माघ १९ गते सम्मको लागि यो सेवा बन्द गराएको हो ।

यसअघि ११ गतेसम्मको लागि बन्द गराएको सेवा संकमितको संख्या बढ्दै गईरहेको साथै कर्मचारीहरु होम आइसोलेसनमा बसिरहेकाले थप एक साता बन्द गरिएको सीडीएससीले जनाएको हो ।

साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाको लागि कम्पनीले क्षमायाचना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here