वाणिज्य बैंकहरुमा तरलता समस्या पुनः बल्झिने संकेत, एक हप्तामै निक्षेप १३ अर्बले घट्यो

काठमाडौं, ११ माघ । वाणिज्य बैंकहरुमा निक्षेप संकलन फेरि घट्न थालेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ भने एक साताको तुलनामा भने बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ ७ गतेसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो।

एक साता अगाडि मात्रै ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले माघको पहिलो सातामा कुल ४१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरुमा लगानी योग्य रकम (तरलता) को पुनः अभावको संकेत देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाएपछि सहज भएको तरलता समस्या पुनः बल्झिने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here