थप १२ हजार ८ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

काठमाडौं, ११ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा ९हजार ४३२ जना र ७८०६ जनाको एन्टिजेन परीक्षण गर्दा २५७६ गरी १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २७ हजार ८८० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०४० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ८ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here