क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ गैरकानूनी, कारोबार नगर्न बैंकर्स संघको आग्रह

काठमाडौं, १२ माघ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/ व्यवसाय गैरकानूनी रहेको जनाएको छ ।

पछिल्लो समय बढ्दो क्रिप्टोकरेन्सी प्रयोगका बीच वित्तीय बजारमा बहस चलिरहेका बेला यता बैंकर्स संघले पनि सो कार्य अवैध तथा गैरकानुनी भएकाले यस्तो कार्य नगर्न र गरेको पाइएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको हो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टोरभर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/ भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुनेमा सचेत गराएको हो ।

त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ संघद्वारा जारी सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here