एक महिनामा गन्तव्य पुग्यो जेम्स वेब, जसले पत्ता लगाउनेछ ब्रह्माण्डको रहस्य

काठमाडौं । इतिहासकै शक्तिशाली जेम्स वेब टेलिस्कोप पृथ्वीबाट उडेको तीस दिनपछि अन्तरिक्षको अन्तिम गन्तव्यमा पुगेको छ । जहाँबाट टेलिस्कोपले ब्रह्माण्डको अवलोकन गर्ने छ ।

टेलिस्कोपले करीब एक लाख माइलको यात्रापछि अन्तिम गन्तव्यमा पुगेर रोकिएको हो ।

यससँगै ब्रह्माण्डको इतिहासको प्रत्येक चरणबारे अध्ययन गर्न पूर्ण रुपमा तयार भएको वैज्ञानिकहरु बताउँछन् । १३ अर्ब बर्ष अघिको ब्रह्माण्डको इतिहास बारे पत्ता लगाउने उद्देश्यसहित सो वेब स्पेस टेलिस्कोपको निर्माण गरिएको हो ।

उक्त टेलिस्कोपले व्रह्माण्डको पहिलो ताराको पनि खोजी गर्ने छ । जेम्स वेब टेलिस्कोप विश्वको सबैभन्दा जटिल, शक्तिशाली र सबैभन्दा महंगो नासाको प्रोजेक्ट हो ।

यसको निर्माणका लागि १० अर्ब डलर खर्च लागेको भएको छ । व्रह्माण्डको अस्तित्वबारे अध्ययन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो टेलिस्कोप चन्द्रमा भन्दा चार गुणा टाढा पठाइएको हो ।

दक्षिण अमेरिकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो मानिएको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गरिएको थियो ।

उक्त टेलिस्कोप १९८६ बाट बनाउन शुरु गरिएको थियो । जुन हबल टेलिस्कोप भन्दा शक्तिशाली हो । यसको प्रमुख विशेषता भनेको यसले इन्फारेड लाइटका आधारमा देख्नेछ ।

जुन हाम्रो नांगो आखाँले देख्न सक्दैन त्यस्तो प्रकाश कैद गर्छ । त्यस्तै टेलिस्कोपको ऐनमा सुन जलप गरिएको छ । यसको ऐनामा सुनको जलप लगाइएकोे छ । किनकी रेड लाइटलाई सुनले सबैभन्दा बढी रिफ्लेक्ट गर्छ ।

के हो जेम्स वेब टेलिस्कोप ?

जेम्स वेब टेलिस्कोप विश्वको सबैभन्दा जटिल, शक्तिशाली र महँगो परियोजना हो । यसलाई अमेरिकी अन्तरिक्ष संस्था नासाले विकास गरेको हो । यसको निर्माणका लागि १० अर्ब डलर खर्च लागेको छ । ब्रह्माण्डको अस्तित्वबारे अध्ययन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो टेलिस्कोप चन्द्रमा भन्दा चार गुणा टाढा पठाउन खोजिएको हो ।

उक्त टेलिस्कोप सन् १९८६ बाट बनाउन शुरु गरिएको थियो । हबल टेलिस्कोप भन्दा शक्तिशाली यो नयाँ टेलिस्कोपले इन्फ्रारेड लाइटको सहायताले वस्तु देख्नेछ । मानिसको नांगो आँखाले देख्न नसक्ने प्रकाश पनि कैद गर्नेछ ।

यस्तै टेलिस्कोपको ऐनमा सुनको जलप गरिएको छ । रातो प्रकाशलाई सुनले सबैभन्दा बढी परावर्तन गर्छ । जेम्स वेब टेलिस्कोप पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्याइनेछ । त्यहाँसम्म पुग्दा उक्त टेलिस्कोपले क्रमशः आफ्नो स्वरुप परिवर्तन गर्दै जानेछ । अर्थात् त्यहाँको वातावरणअनुसार टेलिस्कोपको आकार परिवर्तन हुने गरी यसलाई निर्माण गरिएको छ ।

हबलभन्दा १०० गुणा शक्तिशाली

अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन् ।

सन् १९९० अप्रिल २४ मा प्रक्षेपण गरिको हबल हाल पृथ्वीभन्दा ३४० माइल (५४७ किमि) माथि रहेको छ । यसले प्रत्येक ९५ मिनेटमा पृथ्वीलाई एक फन्को मार्छ । त्यो भनेको दिनमा १५ फन्को मार्नु हो । पृथ्वीका बारेमा प्रचलनमा रहेका आधारभुत अवधारणाहरु परिवर्तन गर्नमा हबलको ठूलो भूमिका रहेको छ ।

१३ अर्ब वर्षअघिको रहस्यको खोजी, जेम्स वेबले नाप्यो ६ लाख किमि दूरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here