थप ८ हजार ४५४ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ९० हजार नाघे

काठमाडौं, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६८१० जनाको एन्टिजेन परीक्षण गर्दा २८८३ गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३३ हजार ४५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४३३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here