धौलागिरी लघुवित्तले ३ लाख कित्ता आइपीओ निष्काशन गर्दै, सनराइज क्यापिटल बिक्री प्रवन्धक

काठमाडौं, १२ माघ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ ।

जसका लागि कम्पनीले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

साधारण शेयर निष्काशन सम्बन्धी सम्झौतामा लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच माघ १२ गते द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बागलुङ नगरपालिका २ मा रहेको संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गते देखी वित्तीय कारोबार गर्दै आईरहेको छ ।

संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ ।हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् १० करोड चुक्ता पूँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल १० करोड ३८ लाख रहेको छ ।

आर्थिक बर्ष २०७७/०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा २ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा ४ करोड ९ लाख पुगेको छ ।

आर्थिक बर्ष २०७७/०७८ को मसान्तमा प्रतिशेयर आम्दानी ५० रुपैयाँ १२ पैसा भन्दा बढि कायम गरेकोमा पुष मसान्त सम्ममा आईपुग्दा ६१ रुपैयाँ ४५ पैसा प्रतिशेयर आम्दानी कायम गरेको प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here