निफ्राको निक्षेप र ऋणको ब्याजदर निर्धारण, कुन खातामा कति छ ब्याज ?

काठमाडौं, १३ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निक्षेप र ऋणको ब्याजदर निर्धारण गरेको छ ।

बैंकले विभिन्न खातामा विहीवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

पाँचदेखि १० वर्ष अवधिका लागि बैंकले संस्थागतलाई साढे ६.५० प्रतिशत ब्याज दिनेछ भने सर्वसाधारणलाई ७.२५ प्रतिशत ब्याज दिनेछ ।

१० वर्षभन्दामाथि निक्षेप राखेमा सर्वसाधाणले ७.२५ प्रतिशत नै ब्याज पाउने छन् साथै संस्थागतले भने ६.६ प्रतिशत ब्याज पाउने छन् ।

त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम ११.२५ प्रतिशत देखि न्यूनततम १० प्रतिशत रहेको छ ।

बैंकले परियोजनाका लागि १० प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here