थप ८ हजार १७ जनामा कोरोना पुष्टी, १५ संक्रमितको निधन

काठमाडौं, १३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६०७२ जनाको एन्टिजेन परीक्षण गर्दा २२०१ गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३९ हजार २७६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५२९२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १५ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here