कालिञ्चोक दर्शनले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट

काठमाडौं, १३ माघ । कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौं केन्द्रिय कार्यालय रहेको कालिन्चोक दर्शनले एक करोड २० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

उक्त आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

सम्झौता पत्रमा कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीका हस्ताक्षर गरे।