क्रिकेट खेलाडीहरूको वर्गीकरण, कप्तानमा सन्दीपलाई नै निरन्तरता

काठमाडौं, १४ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको वर्गीकरण गरेको छ ।

क्यानको बिहीबार सम्पन्न बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्।

त्यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन् । त्यसैगरी ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।

क्यानले मल्ल, ऐरी, कामी र कमल सिंहलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता लिएको छ । ओमान भ्रमणमा रहेका तर अनुबन्ध नरहेका खेलाडी विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

महिलातर्फ ग्रेड ‘ए’ मा कप्तान रुविना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी, ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन्। त्यसैगरी ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने र क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ग्रेडिङ भएका उनीहरुलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय क्यानले गरेको छ ।

यस्तै क्यानले अनुशासन उलंघनसम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना पुरुष खेलाडीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता समेत लिएको छ ।

यसअघि क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो ।

मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । क्यानले कारबाही फिर्ता लिएपनि कप्तानमा भने सन्दीपलाई नै निरन्तरता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here