बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं, १४ माघ । नेपाल सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि आवासीय राजदूत नियुक्त गरेको छ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् ।

शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।

आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन्। उनी सन् २००७ देखि २००९ सम्म नेपाल सरकारका विदेश सचिव थिए।

वर्तमान गठबन्धन सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि यहाँ राजदूतको पद खाली भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here