एक सातामै हट्यो सवारीको जोरविजोर प्रणाली, निजी गाडी र ट्याक्सीमा यथावत

फाइलफोटो

काठमाडौं, १४ माघ । सार्वजनिक सवारी साधनमा लगाइँदै आएको जोरविजोर प्रणाली हटेको छ ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी गाडी र ट्याक्सीबाहेकका सार्वजनिक गाडीमा जोरविजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

जोरविजोरले सवारीमा यात्रुको थप चाप बढेको भन्दै सर्वसाधरणबाट विरोध भइरहेको थियो। माघ ७ गतेबाट जोर बिजोर प्रणाली लागू भएको थियो।

यस्तै सरकारले माघ १५ गतेसम्म बन्द गरेको डान्सबार, सिनेमाघर, दोहोरीसाँझजस्ता मानिसको भीडभाड हुने व्यवसाय माघ मसान्तसम्म बन्द गर्न पनि सीसीएमसीसीले सरकारलाई सिफारिस गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here