उपत्यकाका शैक्षिक संस्थाहरु माघ महिनाभरि बन्द, निजी र ट्याक्सीमा मात्रै जोरविजोर

काठमाडौं, १५ माघ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरविजोर प्रणाली आजबाट हटेको छ ।

शुक्रबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले माघ ७ गतेबाट लागू गरिएको जोरविरोज प्रणाली हटाउने निर्णय गरेको हो ।

सार्वजनिक यातायातका सवारी साधनमा जोरविरोज हटाइए पनि निजी सवारी साधन र ट्याक्सीमा भने जोरविजोर प्रणाली कायमै राखिएको छ ।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ ।

विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।

बैठकले स्कुल तथा कलेजहरु आगामी माघ मसान्तसम्म भर्च्युअल रुपमै सञ्चालन गर्ने निर्णय गरेको हो । फिल्म हल र रात्रिकालीन व्यवसाय पनि माघ मसान्तसम्म बन्द रहने आदेशमा उल्लेख छ ।

यस्तै कोरोना भाइरसको जोखिम कायमै रहेकाले अन्य क्षेत्रमा भने स्वास्थ्य मापदण्डको पालना गर्न पनि कार्यालयले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here