काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
बैंकले शुक्रवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी फागुन २ देखि २०७९ फागुन २ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८ कराेड ३९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा एक करोड ५७ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ गरी कूल १० कराेड ४८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले माघ १८ गते राति १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
यस्ता छन् शर्तहरुः
-आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ ।
-निष्कृर्य कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम भएको हुनुपर्नेछ ।
-रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।
-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने,