नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं, २० असार । नक्कली लाइसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले नक्कली लाइसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला घर भइ हाल ललितपुर महानगरपालिका बस्ने ४० वर्षिय मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक घर भइ हाल काठमाडौं महानगरपालिका चावहिल बस्ने ३८ वर्षिय राजेश कुमार श्रेष्ठ, काठमाडौं तिलगंगाका ३८ वर्षिय राधेश्याम नगरकोटी र कागेश्वरी मनोहराका २७ वर्षिय रुपेन्द्र दर्जी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले विगत केही समय देखि काठमाण्डौं उपत्यका भित्र यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाईसेन्स बनाईदिने भनि मोटो रकम लिइ नक्कली सवारी चालक अनुमति पत्रहरु तयार बेच्दै आएका थिए ।

गैरकानुनी तवरले केही ब्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते समेत गरी संगठित रुपमा नक्कली लाईसेन्स तयार तथा बिक्रीवितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा उनीहरुलाई प्रहरीले विभिन्न स्थाहरुबाट प्रमाणसहित पक्राउ गरेको बताएको छ ।

उनीहरुको साथबाट प्रहरीले यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान, कम्प्युटर १ सेट, प्रिन्टर थान १, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प थान २, पेन ड्राईभ, पिभीसी पेपर ३० थान, काउन्सुलर अफिस लेखिएको छाप थान १, यातायात व्यवस्था कार्यालयको अंग्रेजी छाप र बिभिन्न ब्यक्तीहरुको नागरिकताको प्रतिलिपी समेत बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here