महिला लघुुवित्तले कमायो ८ करोड १८ लाख खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, १६ माघ । महिला लघुुवित्त वित्तीय संस्थाको खुद नाफा झन्डै तीन गुणाले वृद्धि भएको छ ।

लघुवित्तले आइबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलानामा १८५.३९ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद नाफामा पनि ठूलो बढोत्तरी आएको हो ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब १२ करोड निक्षेप संकलन र २ अर्ब ४४ करोड सापटी लिइ कुल ३ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ ।

हाल १४ करोड ७५ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २३ करोड १७ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड १७ लाख ६० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ११० रुपैयाँ ९७ पैसा रहेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here