रुरु जलविद्युतको बोनस शेयर डिम्याट खातामा आएन् ? यसो गर्नुहोस्

काठमाडौं, १६ माघ । रुरु जलविद्युत परियोजनाले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट वितरणबोनस सेयर लगानीकर्ताको हितग्राही खाता पठाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश खातामा पठाएको हो ।

शेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ । शेयर रजिष्ट्रार एनलाईबिएलएस क्यापिटलमा गई सेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

सेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस शेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here