स्थानीय तहको चुनाव गर्ने सहमतीसँगै लगानीकर्ता उत्साहित, शेयर बजार हरियाली

काठमाडौं, १६ माघ । सत्ता पक्षीय गठबन्धनबीच आगामी जेठसम्म स्थानीय तहको चुनाव गर्ने सहमती भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ ।

शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

निर्वाचन हुने निश्चित भएपछि शेयर लगानीकर्तामा आइतवार बजार खुलेदेखिनै उत्साह बढेको छ । बजारमा कारोबार खुले लगत्तै नेप्से परिसूचक ९६.७८ अंकको उच्च वृद्धि भएको थियो ।

पछिल्ला दुई सातामा करिब २५० अंकले घटेको बजार यससता पहिलो कारोबार दिनमै उच्च अंकले उकालो लागेको हो । यो समाचार तयार पर्दा ११ बजेर ३० मिनेटमा नेप्से ८९. ४२ अंकले बढेर २८६९ ४० बिन्दुमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here