नेपालमा कोरोना संक्रमणबाट एकैदिन ३२ जनाको निधन

काठमाडौं, १६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३२ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा देशभर ३२ जना संक्रमितको निधन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालका रहेका छन् । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here