थप ३५४० जनामा कोरोना पुष्टी, ६३५९ जना संक्रमण मुक्त

काठमाडौं, १६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २३५ जना र ३०४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४९१ गरी३५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५० हजार ९३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६३५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५४ हजार ४४८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३२ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here