एचआईडीसीएलाई वित्तीय संस्थाको मान्यता, अब आफै लगानी गर्न सक्ने

काठमाडौं १६, माघ ।
राष्ट्र बैंकले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) लाई वित्तीय संस्थाको मान्यता दिएको छ । अब नेतृत्व गरेर जलविद्युत आयोजनामा लगानी गर्न पाउने छ ।

राष्ट्र बैंक सञ्चालक समितिको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन बमोजिम एचआईडीसीएललाई उक्त ऐनको दफा लागु हुने वित्तीय संस्थाको रुपमा तोकिएको छ ।

सरकारले यसअघि नै एचआईडीसीएललाई वित्तीय संस्थाको मान्यता दिइसकेको थियो । अहिले राष्ट्र बैंकले पनि उक्त मान्यता दिएको हो ।

अब यो संस्थाले एकल रुपमा जलविद्युत आयोजनामा लगानी गर्न, सहवित्तीयकरणको नेतृत्व गर्न, ऋण असुली सम्बन्धी सबै काम गर्न सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here