फरवार्ड माइक्रोफाइनान्सको नाफा १०३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, १७ माघ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०३.५८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २२ करोड ५० लाख १५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २२.७२ प्रतिशतले बढेर ७३ करोड ८२ लाख ७२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६० करोड १५ लाख ६४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि १००.२८ प्रतिशतले बढेर ७० करोड ८२ लाख १७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३५ करोड ३५ लाख ९६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद नाफामा पनि ठूलो बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तले ७ अर्ब ३३ करोड निक्षेप संकलन र १० अर्ब ३८ करोड सापटी लिइ कुल १९ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको छ । हाल ६२ करोड ५५ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब करोड ७१ रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४६.४७ रुपैयाँ छ । लघुवित्तको खराब कर्जा ३.७२ प्रतिशतबाट घटेर २.११ प्रतिशतमा झरेको छ । प्रतिशेयर नेटवर्थ ३७४.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.९२ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here