यी हुन् विश्वका सर्वाधिक मूल्यवान कम्पनी, टिकटक विश्वकै छिटो बढ्ने ब्राण्ड

काठमाडौं, १७ माघ । विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ ।

ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ ।

एप्पलको कुल ब्राण्ड भ्यालु ३५५ बिलियन अमेरिकी डलर रहेको छ । गत वर्षभन्दा एप्पलको ब्राण्ड भ्यालु ३५ प्रतिशतले बढेको छ ।

संसारका १० मूल्यवान कम्पनीको सूचीमा अमेरिकी कम्पनीको बर्चश्व रहेको छ । अमेरिकी धनाढ्य जेफ बेजोसको अनलाइन व्यापार कम्पनी अमेजन विश्वको दोस्रो ठूलो ब्राण्ड भ्यालू भएको कम्पनी बनेको छ ।

कोरोनाकालमा आक्रमक व्यापार विस्तार गरेको अमेजनले सन् २०२२ मा ब्रान्ड भ्यालू ३५० बिलियन डलर पुर्याएको छ ।

विश्वका चर्चित सार्वजनिक सामाजिक सञ्जाल फेसबुक भने टपटेन भित्र परेको छ । फेसबुक ७ औं स्थानमा रहेको छ ।

प्रविधिका ब्राण्डको प्रभुत्व

यो वर्ष विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूचिमा प्रविधिका ब्राण्डको प्रभुत्व देखिएको छ । इन्टरब्राण्डका अनुसार टेक्नोलोजी ब्राण्डले बढि हिस्सा ओगटेका छन् ।

ब्राण्डेड प्रडक्ट तथा सेवाको वित्तिय अवस्था, उपभोक्ताको छनोटमा ब्राण्डले खेल्ने भूमिका तथा मूल्य र कम्पनीको मुनाफा लगायतका तत्वहरुको आधारमा इन्टरब्राण्डले विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि निकाल्ने गर्दछ ।

विश्वको तेस्रो ठूलो मूल्यवान कम्पनीमा गुगल रहेको छ । गुगलको ब्राण्ड भ्यालू गूगलको २६३ बिलियन रहेको छ ।

सूचना प्रविधि कम्पनी माइक्रोसफ्ट चौंथो स्थानमा रहेको छ । विश्वको चौथो ठूलो मूल्यवान कम्पनी बनेको माइक्रोसफ्ट को ब्राण्ड भ्यालू १८४ विलियन डलर रहेको छ ।

विश्वका मूल्यवान कम्पनीहरुको सूचीमा वालमार्ट पाचौं स्थानमा रहेको छ । वालमार्टको ब्राण्ड भ्यालू १११ बिलियन रहेको छ ।

ब्राण्ड भ्या का आधारमा सामसुङ छैटौं स्थानमा रहेको छ । सामसुङको ब्राण्ड भ्यालू १०७ बिलियन रहेको छ । सातौंमा फेसबुक रहेको छ ।

फेसबुकको ब्राण्ड भ्यालू १०१ बिलियन रहेको छ । आठौंमा आइसिबिसी रहेको छ । आइसिबिसी ब्राण्ड भ्यालू ७५ बिलियन रहेको छ । नवौंमा ह्वावे र दशौंमा भेरिजोन रहेको छ ।

यी १ मूल्यवान कम्पनीमध्ये इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना र ह्वावेका चीनियाँ कम्पनी हुन् भने सामसङ दक्षिण कोरियाको कम्पनी हो ।

रिपोर्ट अनुसारपछिल्लो एक वर्षमा ब्राण्ड भ्यालुमा बढ्दै गएको, टिकटकलाई विश्वको सबैभन्दा छिटो-बढ्ने ब्राण्ड भनिएको छ।

कम्पनी एक वर्षमा २१५ प्रतिशत ग्रो भएको छ । सन् २०२१ मा टिकटकको भ्यालु १८.७ बिलियन डलर रहेको थियो तर यसवर्ष ५९ बिलियन डलर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here