थप ५२९२ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

काठमाडौं, १७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५२९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३४७२ जना र ५७२० जनाको एन्टिजेन परीक्षण गर्दा १८२० गरी ५२९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५३ हजार ९१३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८१९१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८९८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ८ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here