न्यून चापीय प्रणाली थप सक्रिय हुँदै, पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, १८ माघ । काठमाडौं उपत्यकामा मौसममा बदली देखिएको छ । आइतबार र सोमबार तुलनामा मंगलवार चिसो बढेको हो । मंगलबार बिहान ६ बजे काठमाडौंको तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ ।

अर्को एउटा प्रणाली आउँदा अहिलेको भन्दा चिसो हुने मौसमविदले जनाएका छन् । पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय हुँदा तापक्रम घट्ने भएको हो ।

वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । तराईमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १८ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

माघ १९ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। मधेश प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

माघ २० गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहनेछ।कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी र गण्डकी प्रदेशका केहि भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राती : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश प्रदेशमा सामान्य बदली रहनेछ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केहि भूभागमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here