अजोड इन्स्योरेन्सको खुद नाफा ४ करोड ६३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, १८ माघ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार खुद नाफामा झिनो सुधार भएको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५७ लाख रुपैयाँ बढी हो। गत वर्षको दोस्रो त्रैमासमा ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले ऋण लगानी तथा अन्य स्रोतबाट ४ करोड ९५ लाख रुपैयाँ र व्यवस्था फिर्ताबाट ४२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २ करोडले बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीले ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ संचित छ । यस्तै, महाविपत्ती कोषमा १ करोड ७ लाख रुपैयाँ र बीमा कोषमा १३ करोड ५३ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म इन्स्योरेन्सले २ हजार ७३६ दाबीबापत ३५ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ५ हजार ७४४ दाबीबापत १ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ८०.४५ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here