बुधवार देशभर सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं, १८ माघ । सरकारले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ ।

१९ गते बुधवारका दिन तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here