थप ५५८३ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

काठमाडौं, १८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३५५७ जना र ६८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १९२६ गरी ५५८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५७ हजार ५७० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२६७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७४ हजार ५५३ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here