गुराँस लघुवित्तको खुद नाफामा व्यापक गिरावट

काठमाडौं, १९ माघ । गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफामा व्यापक गिरावट आएको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ४६.८२ प्रतिशतले घटेर ७३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ३ प्रतिशत बढेर ३ करोड ५१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मु्नाफा ४६.८२ प्रतिशत घटेर १ करोड १६ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड १८ लाख ३५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष १३.९२ प्रतिशत घटेर २ करोड ७६ लाख ३० हजार रुपैयाँ, निक्षेप ३३.९७ प्रतिशत बढेर २४ करोड ६४ लाख ४८ हजार रुपैयाँ, कर्जा २८.७५ प्रतिशत बढेर १ अर्ब १७ करोड ९१ लाख ८८ हजार रुपैयाँ र कर्जा ३२ प्रतिशत बढेर ८४ करोड १० लाख २५ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म अइपुग्दा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०८ पैसाले घटेर १५ रुपैयाँ १६ पैसामा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here