बलेफीको आइपीओ माघ २७ गतेदेखि खुल्ने, यी बैंकबाट मात्र दिन पाइन्छ आवेदन

काठमाडौं, २० माघ । बलेफी हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीलेले माघ २७ गते, बिहीबारदेखि १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

बलेफी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।

सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १८ लाख २७ हजार ९७० कित्ता सेयर जारी गर्ने भएको हो । आयोजना प्रभावितलाई सेयर वितरण गरिसकेपछि कम्पनीले सर्वसाधरणलाई सेयर जारी गर्नेछ ।

आयोजना प्रभावित जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।

बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ ।

साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ट्ट्ट्याइएको सेयर सम्पूर्ण विकी नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुमा समेत) मा निष्कासन गरिनेछ ।

आइपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताहरुले यस आइपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट कार्यालयबाट आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here