वाणिज्य बैंकहरुबाट ७ लाख रुपैयाँ भन्दाबढी कारोबार गर्ने व्यक्ति राष्ट्र बैंकको निगरानीमा

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुबाट सात लाख रुपैयाँ भन्दाबढी कारोबार गर्ने व्यक्तिलाई निगरानी गर्ने भएको छ ।

राष्ट्र बैंकले सबै बैंकहरुलाई पत्राचार गर्दै २०७८ साउन १ गतेदेखि पुस मसान्तसम्म कुनै पनि बैंकमा सात लाख रुपैयाँ वा सोभन्दा बढी जम्मा गर्ने तथा निकाल्ने व्यक्तिको सूची तयार गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले निक्षेप हराउन थालेपछि यस्तो निर्देशन दिएको हो ।

जसमा खाता नम्वर, खातावालाको नाम, ठेगाना, सिविएस सम्बन्धी टिप्पणी, रकम झिकिएको मिति लगायतका ग्राहकको विवरण बैंकले केन्द्रीय बैंकलाई बुझाउनुपर्नेछ ।

हाल १० लाखभन्दा माथिको रकम चेकमार्फत नै हुँदै आएको छ भने १० लाख भन्दा तलको कारोबार नगदमा गर्न पाइन्छ । यद्यपि बैंकमा निक्षेप जम्मा गर्दा भने जति पनि जम्मा गर्न पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here