एचआइडीसीएलले ३ करोड ३० लाख कित्ता संस्थापक शेयर पुनः लिलामी गर्ने

काठमाडौं,२० माघ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले संस्थापक समूहको शेयर लिलामीमा ल्याउने भएको छ ।

बिहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद शेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।

लिलाम बढाबढ प्रक्रिया सम्बन्धी सूचना भने पछि प्रकाशित गर्ने कम्पनीले जानकारी गराएको छ ।

एचआइडीसीएलले यसअघि असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यसबेला, संस्थापक शेयरमा भने आवेदन परेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here