काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
बैंकले बिहीवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी फागुन ४ देखि २०७९ फागुन ४ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ गरी कुल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले माघ बैंक तथा वित्तीय संस्थाले माघ २३ गते ५ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
यस्ता छन् शर्तहरुः
-आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ ।
-निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।
-रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।
-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने,