दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ६१ करोडको कारोबार

काठमाडौं, २० माघ । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको १ करोड, ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । मंगलवार २२३ कम्पनीको ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूह मध्ये ११ वटाको परिसूचक हरियो भएको छ भने २ वटाको घटेको छ । दोहोरो अंकले घटेको बजारमा बैंकिङ ६ , होटल तथा पर्यटन ३८ अंकले घटेको छ भने, निर्जीवन बीमा १२, जलविद्युत ६अंकले बढेको छ ।

विकास बैंक ५४, फाइनान्स ३३, उत्पादन समूह ७९ र जीवन बीमा समूह १७३ ,अन्य उपसमूह ९ अंक, माइक्रोफाइनान्स ५४ र लगानी समूह ०.५७ अंकले घटेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लेभलमा बढेको छ ।

त्यसैगरी, साहस ऊर्जा ६.०६, अरुण भ्याली ५.३३, मैलुङ खोला ४.२५, न्यादी हाइड्रोपावर ४.१३, तेह्रथुम पावर, सिनर्जी पावर र सामुदायिक लघुवित्तको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरै बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ ।

यस कम्पनीको आज ८२ करोड ७० लाख भन्दा बढीको कारोबार भएको छ । अपी पावरको ५२ करोडको र शिखर इन्सोरेन्सको २६ करोडको कारोबार भएको छ ।

त्यस्तै, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको र पोखरा फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here