थप ३१७५ जनामा कोरोना पुष्टी, १४ जना संक्रमितको निधन

काठमाडौं, २० माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३१७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २७४२ जना र २५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ गरी ३१७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६२ हजार ५१७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७२३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here