नेप्सेको सीईओमा कार्की

काठमाडौं २० माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियूक्त भएका छन् ।

गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले कार्कीलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बिहीबार मात्र सार्वजनिक भएको हो ।

सीईओ छनोट सिफासिर समितिले सिफारिस गरेका तीन जनामध्ये सरकारले कार्कीलाई नियुक्त गरेको हो ।

नेपाल सरकारको उपसचिव पदबाट अवकाश भएको कार्की बुढीगण्डकी जलविद्युत आयोजनाका संयोजक हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here