शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, २१ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूको ३० प्रतिशत हकप्रद सेयरपछि कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछि सेयर मूल्य प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम भएको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ८६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here