चन्द्रागिरिसहित उपत्यका नजिकैका डाँडाहरूमा हिमपात

काठमाडौं, २१ माघ । काठमाडौंको चन्द्रागिरि, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावले विहीवार रातीदेखि नै काठमाडौं उपत्यकाका चन्द्रागिरि, फुलचोकी, शिवपुरी लगायतका डाँडाहरुमा बाक्लो हिउँ परेको छ ।

चन्द्रागिरमा हिमपातले सेताम्य भएको चन्द्रागिरि हिल्सले जनाएको छ । चन्द्रागिरिमा यो वर्षको दोस्रो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ ।

देशका विभिन्न ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here