बजार पूँजीकरण ४० खर्ब नाघ्यो, लगानीकर्ताको सम्पत्ति एक सातामा १ खर्ब बढी वृद्धि

काठमाडौं, २१ माघ । शेयर बजारमा लगानीकर्ताको सम्पत्ति बढ्ने क्रम जारी छ । यो साता धितोपत्र बजारको कुल पूँजीकरण रकम रू. ४० खर्ब ६५ अर्ब ३७ करोड २० लाख पुगेको हो ।

गत साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पत्ति यो साता भने १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको हो ।

गत बिहीवार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो।

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो।

यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here