दैनिक ५ लाख प्रयोगकर्ता गुमाउँदै फेसबुक, किन घट्दै छ युवामाझ क्रेज ?

काठमाडौं । १८ बर्षको इतिहासमा फेसबुकका प्रयोगकर्ता घटेका छन् ।

मेटाले बिहीवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२१ को चौथो त्रैमासमा फेसबुकको सक्रिय प्रयोगकर्ता १ अर्ब ९२ करोड ९० लाखमा झरेको छ ।

तेस्रो त्रैमासमा हरेक दिन विश्वभर १ अर्ब ९३ करोड लगइन हुने गरेकोमा अहिले करिब १ करोड प्रयोगकर्ता घटेको हो । तथ्यांक अनुसार फेसबुकले दैनिक ५ लाख प्रयोगकर्ता गुमाएको छ ।

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले युवाहरुमा टिकटक जस्ता प्रतिद्धन्दीको क्रेज बढेकोले फेसबुकले आफ्ना प्रयोगकर्ता गुमाएको बताएका छन् ।

साथै सट भिडियो सेयरिङ प्लेटपर्मतिर प्रयोगकर्ताको क्रेज बढेसँगै मेटाले टिकटक जस्ता एपसँग प्रतिस्पर्धा गर्न छोटो भिडियो उत्पादन तथा रिल्स विकास गर्न ठूलो लगानी गरिरहेको सीइओ जुकरबर्गले बताएका छन् ।

प्रयोगकर्ता र आम्दानीमा गिरावट आएपछी फेसबुकको शेयर मूल्य पनि घटेको छ । रिपार्ट सार्वजनिक भएपछि एकै दिनमा फेसबुकको शेयर मूल्य २० प्रतिशतले घटेको छ । अर्थात फेसबुकले एक रातका ३४ खर्ब ८२ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर गुमाएको छ ।

मेटाको कूल आम्दानीको अधिकांश हिस्सा विज्ञापनबाट आउँछ र त्यो उक्त अवधिमा बजारको अनुमानभन्दा विपरित ३३ अर्ब ६७ करोड डलर पुगेको थियो।

आगामी त्रैमासिकमा सो आम्दानी २७ अर्ब डलरदेखि २९ अर्ब डलरको बीचमा हुने र त्यो विज्ञहरूले अपेक्षा गरेभन्दा कम रहेको बताइएको छ । मेटाले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्व रहेको टिकटकसँग प्रतिस्पर्धा गर्न भिडियोमा लगानी गरिरहेको छ।

मेटाका सीइओ मार्क जुकरबर्गको महत्वकांक्षी ‘मेटाभर्स’ मा कम्पनीले १० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ।

नयाँ नाममा कम्पनी गएपछि मेटाले एप्पल, गुगलसहितका प्रतिस्पर्धी कम्पनीहरुबाट इन्जिनियर नियुक्त गरिरहेको छ। मेटाका कारण कम्पनीको ध्यान अन्तै मोडिएकाले फेसबुकलाई धक्का लागेको चर्चा भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here