थप २५२६ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

काठमाडौं, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा १६०२ जना र ४११८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२४ गरी २५२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६४ हजार ११९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १६ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here