नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा. महावीर पुनको निरन्तरता

काठमाडौं, २१ माघ । नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ‘ब्राण्ड एम्बेस्डर’मा डा. महावीर पुनलाई पुनःनियुक्त गरेको छ ।

गतबर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्तभएका राष्ट्रीय अविष्कार केन्द्रकाअध्यक्ष डा. महावीर पुनसंगको १ वर्षको सम्झौताअवधि सकिएपछि पुनः १ वर्ष अवधिथप गरिएको हो ।

नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंककाप्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र डा. महाविर पुनका बिच उक्त ‘ब्राण्ड एम्बेस्डर’ नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमयइतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमापुनःनियुक्तहुनपाएकोमा खुसीव्यक्त गरे ।

उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रतिआभार व्यक्तगर्दै नेपाल बैंकको श्री बृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’ को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । साथै डा. पुनले नेपाल बैंक छनौट गरेकामा आभार समेत व्यक्त गरे ।

नेपालभरी २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायतकरिब २५०० कर्मचारीहरुबाट बैकिङ सेवाप्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाड बढिरहेको छ ।

पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्ररुपमा पमाव्यवसाय बिस्तार गर्न सफल यस बैंक प्रतिको विश्वासको कारण नेपाल बैंक ग्राहकहरुकोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here