भुक्तानी सेवा प्रदायकबीच कारोबार गर्न मिल्ने व्यवस्था हुँदै, राष्ट्र बैंकले दियो ६ महिनाको समय

काठमाडौं २१, माघ । इसेवा, खल्ती जस्तै भुक्तानी सेवा प्रदायकबीच कारोबार गर्न मिल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । भुक्तानी प्रणालीबीच अन्तरआवद्धता कायम हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले ती भुक्तानी सेवाप्रदायकबीच कारोबार प्रणाली, संयन्त्र र उपकरणहरुको अन्तरआवद्धता गर्न निर्देशन दिएको हो । यसका लागि ६ महिनाको समय दिइएको छ ।

यो निर्देशनले भुक्तानी सेवाका सहभागीलाई कुनै एउटा प्रणालीको सदस्य भइ सोही प्रणालीमार्फत अन्य प्रणालीसँग सूचना आदानप्रदान गर्न एवं वित्तीय तथा भुक्तानी कारोबारको समाशोधन र फस्र्यौट गर्न सहयोग पुग्ने दाबी राष्ट्र बैंकले गरेको छ ।

हालका लागि राष्ट्र बैंकले पीएसओ र पीएसपीहरुबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवा जस्तै, मोबाइल बैकिङ, मोबाइल वालेट, क्युआर कोड र साना मूल्यका भुक्तानी प्रणालीमा आवद्ध अन्य सहभागी संस्थाहरुमा अन्तरआवद्धता कायम गर्न निर्देशन दिएको हो ।

भुक्तानी प्रणाली सञ्चालकले भुक्तानी सेवा प्रदायक, अन्य भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रयोगकर्तालाई अन्य भुक्तानी प्रणालीमा सहभागी हुन प्रतिवन्ध लगाउन, सहभागी संस्थाबीच विभेद हुनेगरी नियम बनाउन वा संस्थाको आकार वा भुक्तानी कारोबारको आधारमा पहुँच रोक्ने कार्य गर्न नपाउने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here