शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी निर्देशन जारी

काठमाडौं २१, माघ । राष्ट्र बैंकले शाखारहित बैकिङ सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धी निर्देशन पनि जारी गरेको छ । भुक्तानी तथा फर्स्यौट ऐन २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले शाखा रहित बैंक सेवाका लागि स्वयम् वा आधिकारिक प्रतिनिधि एजेन्ट खटाउने पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाले शाखा रहित बैंकिङ सेवा सञ्चालन गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी भने दिनुपर्नेछ । बैंकहरुले यस्तो सेवा उप महानगर तथा महानगरपालिका बाहेकका स्थानीय तहमा मात्रै प्रवाह गर्न पाउने पनि निर्देशनमा उल्लेख छ ।

शाखा रहित बैंकिङ सेवा अन्तर्गत खातामा नगद जम्मा गर्ने, भुक्तानी प्रदान गर्ने र रकमान्तर गर्ने, ग्राहकको खाताको मौज्दात वा कारोबार विवरण प्रदान गर्ने र स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्न मात्रै पाइने पनि निर्देशन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here