जाल्पा लघुवित्तको आइपीओमा पहिलो दिनमै १५ गुणा आवेदन

काठमाडौं, २१ माघ । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पहिलो दिन शुक्रबार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ४९८ जनाले ७२ लाख ६५ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १४.८९ गुणा बढी हो ।

लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर विक्रीमा ल्याएको छ ।

कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here