थप १७१४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

काठमाडौं, २२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ जना र ३२८८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२४ गरी ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६५ हजार २२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६३९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here