असार मसान्तसम्ममा कोरोना बीमा भुक्तानी हुने, स्रोत व्यवस्थापनको विकल्प खोजिदै

काठमाडौं, २३ माघ । सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी असार मसान्तसम्ममा गर्ने तयारी थालेको छ ।

बीमा समितिले कोरोना बीमा योजनाका बीमितहरूले चालू आर्थिक वर्षको अन्त्यसम्म आफ्ना दाबी फिर्ता पाउने गरि प्रक्रिया थालेको हो ।

अर्थ मन्त्रालयले दिएको सुझावको आधारमा बोर्डले भुक्तानीका लागि स्रोतको विकल्प खोजिरहेको स्रोतले बताएको छ । सबै दाबीहरू भुक्तानीको लागि ठूलो रकमको प्रबन्ध गर्न आवश्यक भएकोले, अन्य विकल्पहरू पनि अध्ययन भइरहेको जनाइएको छ ।

चैत मसान्तपछि कोरोना बीमा भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न बजेट समायोजन गर्ने छ ।

सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको रकम निकासामा चौतर्फी दबाब परेपछि अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

विभिन्न बीमा कम्पनीले बीमितहरूलाई कोरोना बीमाको ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । यसमा सरकार, बीमा समिति, पुनर्बीमा कम्पनीलगायतको दायित्व रहेको छ ।

बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेखबमोजिमको कम्पनीहरूले दाबी भुक्तानी गर्ने व्यवस्था गरिँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here