सेयर बजार राताम्मे, ४० दशमलव ५७ अंकले घट्यो नेप्से परिसुचक

काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसुचक ४० दशमलव ५७ अंकले ओरालो लागेको छ । आइतबार सेयर बजार २ हजार ८ सय ३६ दशमलव १७ अंकमा झरेर बन्द भएको हो ।

पछिल्लो समय देखिएको राजनीतिक अन्यौलता तथा स्थानीय निकायको चुनावको मिति तोक्नेबारे भएको ढिलासुस्तीले यसको प्रभाव सेयर बजारमा परेको एक लगानीकर्ता बताउँछन् ।

सो दिन लाइफ इन्स्योरेन्स समुहको परिसुचक सबैभन्दा बढी ५८०. ५९ अंकले घटेको हो । त्यस्तै ननलाइफ इन्स्योरेन्स समुह १३१ दशमलव ४१ अंकले घटेकोे छ । त्यसैगरी विकाश बैंक ९९ दशमलव ९, माइक्रोफाइनान्स ८२ दशमलव २७,ट्रेडिङ समुह ५० दशमलव ४२ अंकले ओरालो लागेको छ ।

त्यस्तै फाइनान्स, उत्पादन, अन्य र बैंकिङ समुह क्रमशः ६० दशमलव ५५, ५९ दशमलव ९४ र ३८ दशमलव ३१ अंकले घटेको छ ।
सो दिन २ सय २८ कम्पनीका १० करोड ६५ हजार किच सेयरबाट ५ अर्ब ८३ करोड ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here