कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं २३, माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । सो अबधिमा १ हजार ३ सय ८६ जनामा संक्रमण देखिएकोमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अनुसार देशभर ९ हजार २ सय५१ नमुना परीक्षण गरिएको हो । जसमध्ये ६ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८३ र २ हजार ८ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८ हजार ७ सय ४ जना रहेका छन् । हाल देशभर ४५ हजार २ सय४८ संक्रिय संक्रमित छन् । जसमध्य ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा र १ हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here